पदाधिकारी

डिल्लीराम सिग्देल graphic

डिल्लीराम सिग्देल

स्थानीय विकास अधिकारी

पढ्नुहोस..

हाल रिक्त

योजना अनुगमन तथा प्रशासकीय अधिकृत

पढ्नुहोस..

संक्षिप्त परिचय

नेपालको पश्चिमाञ्चल विकास क्षेत्र अर्न्तर्गत पर्ने गण्डकी अञ्चलका ६ वटा जिल्लाहरु मध्य एक ऐतिहासिक महृत्व रहेको लमजुङ जिल्ला भौगोलिक रुपमा मध्यपहाडी क्षेत्रदेखी उत्तरी हिमाली क्षेत्रसम्म फैलिएर रहेको छ । नेपालकै झण्डै बीच भागमा पर्ने जैविक विविधताको धनी र पर्यटकीय दृष्टीले यो जिल्लाले १,६९२ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ । गुरुङ जातिको वाहुल्यता रहेको यस जिल्ला ऐतिहासिक, धार्मिक तथा साँस्कृतिक महत्वको हिसावले प्रमुख स्थानमा रहन्छ । नेपाललाई चिनाउने सँस्कृति मध्य लोकदोहोरी गीतको उदगम स्थल यस जिल्लालाई मानिन्छ । समुद्र सतहबाट ८०० मिटर उचाईमा पर्ने यस जिल्लाको सदरमुकाम वेसीशहर पृथ्वी राजमार्गमा पर्ने तनहुँ जिल्लाको डुम्रे वजारदेखि ४२ किलोमिटर ऊत्तरमा पर्दछ । राजनैतिक एवं प्रशाशनिक दृष्टिकोणले यस जिल्लालाई ३५ गाउँ विकास समिति, ५ नगरपालिका, ११ इलाका र २ निर्वाचन क्षेत्रमा बिभाजन गरिएको छ । पाँचसय वर्षपहिलेको इतिहास यद्यपि आधिकारिक रुपमा लेखिएको पाईदैन तापनि यस जिल्लाको उत्तर तथा उत्तरपश्चिमी अग्ला लेकाली प्रदेशमा पशुपालन व्यवसायको विकास गरी प्राचीन कालदेखि वसोवास गर्दै आएका गुरुङ्ग तथा घले जातिहरुले आफ्नो भाषा, संस्कृति, रहनसहन तथा सामाजिक, आर्थिक तथा राजनीतिक संरचनाको स्थापना गर्दै आएको पाईन्छ । सामान्य खोज तथा अनुसन्धानले समग्र जिल्लाको उत्तरी भेक गुरुङ तथा घले जातिको सामाजिक तथा राजनीतिक प्रभाव क्षेत्र भित्र रहेको थियो भन्ने जानकारी प्रदान गरेका छन् । जिल्लाको दक्षिणी भेकका टार तथा वेसीहरुमा क्षेत्री, व्राम्हण, दमै, कामी, सार्की आदि जातिका मानिसहरु वसोवास गर्दै आएको पाईन्छ ।
थप पढ्नुहोस्

सूचना अधिकारी

IO_profile_pic

श्री मेघेन्द्र पोखरेल
सम्पर्क न‌‍: ९८५६०४६२०९/९८४६०७४७४०
इमेल: pokharelmegh@gmail.com

Skip to toolbar